Breaking News

निर्वाचनकाे मिति सार्ने विषयमा प्रधानमन्त्री र प्रमुख अायुक्त यादवबीच छलफल

काठमाण्डौ, १ असार । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी नेपालले बिहीबार प्रदेश नम्बर २ मा तेस्रो चरणमा निर्वाचन गर्ने सहमति गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग छलफल गरेका छन् ।

राजपासँगको बैठकपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री देउवाले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र आयुक्तहरूसँग छलफल गरेका हुन् । छलफलका क्रममा प्रधानमन्त्रीले प्रदेश नम्बर २ को निर्वाचन असोज २ गते गर्ने सहमति भएको जानकारी गराएका थिए । बैठकपछि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले चुनाव सार्ने विषयमा आफूहरूको कुनै प्रतिक्रिया नरहेको र सहमति नभएको बताए ।

त्यस्तै प्रधानमन्त्री देउवाले राष्ट्रिय जनता पार्टी निर्वाचनमा सहभागी हुने परिस्थिति बनेकाले उम्मेदवारी मनोनयनको मिति २ दिन पछि सार्न आयोगलाई आग्रह गरेका थिए ।

shares