September 20, 2017

एसइइ परीक्षाकाे नतिजा भोलि सार्वजनिक हुने

काठमाण्डौ, १ असार । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमिले गत चैत्रमा लिइएको माध्यामिक शिक्षा परीक्षा (एसइइ) को नतिजा भोलि सार्वजनिक हुने भएको छ ।

एसइइ परीक्षाफलको तयारी अन्तिम चरणमा पुगिसकेको बताउँदै नतिजा सार्वजनिक गर्नका लागि कार्यालयले तथ्याङ्क प्रशोधन र रुजूको काम पुरा गरिसकेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

संशोधित शिक्षा ऐन अनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको कक्षा १० को विगतमा प्रवेशिका एलएलसी भनिने परीक्षा माध्यमिक शिक्षा परीक्षामा रुपान्तरण भएको हो । परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए । परीक्षा चैत्र ३ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको थियो ।