November 17, 2017

उपेन्द्र यादवको मानसिक सन्तुलन बिग्रिएको राजेन्द्र महतोको टिप्पणी

काठमाण्डौ, १ असार । राजपा नेपालका नेता राजेन्द्र महतोले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको मानसिक सन्तुलन ठीक नभएको टिप्पणी गरेका छन् ।

रौतहटको सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा महतोले यादवको मानसिक सन्तुलन बिग्रिएकै कारण मधेस आन्दोलनका बारेमा अनावश्यक बोलेको टिप्पणी गरेका हुन् । उनले मधेस आन्दोलनमा मधेसीहरुको बलिदानी नगरपालिकाको प्रमुख र गाउँपालिकाको अध्यक्षका लागि नभई मधेसको अधिकार प्राप्तिको लागि भएको स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा सहभागी राजपा अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले वर्तमान सरकारलाई समर्थन गर्नुको अर्थ त्रूटिपूर्ण संविधानलाई स्वीकार्नुु नभएको बताए । पत्रकार सम्मेलन पश्चात् नेता महतो र नेता झा जारी आन्दोलनको क्रममा पक्राउ राजपाका नेताहरुलाई भेट्न जिल्ला प्रहरी कार्यालय गौरमा पुुगेका थिए ।