सोमालियाको एक रेष्टुरेन्टमा आत्मघाती कारबम विस्फोट, १९ को मृत्यु

काठमाण्डौ, १ असार । सोमालियाको राजधानी मोगादिसुस्थित एक रेष्टुरेन्टमा भएको आत्मघाती कारबम विस्फोटमा कम्तीमा १९ जनाको ज्यान गएको छ ।

दक्षिणी मोगादिसुस्थित एक होटलमा आत्मघाती कार बम विस्फोटसँगै एक बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरेको अधिकारीले जनाएका छन् । आक्रमणमा सुरक्षाकर्मी र सर्वसाधारण गरी अन्य २७ जना घाइते भएका छन् । सुरुमा बन्दुकधारी होटलमा प्रवेश गरी २० जनालाई बन्धक बनाएका थिए । स्थानीय समयअनुसार बुधबार साँझ ८ बजे रेष्टुरेन्ट क्लबमा कारबम आक्रमण भएको र त्यसपछि नजिकै रहेको पिजा हाउसमा बन्दुकधारीले आक्रमण गरेका बताइएको छ ।

आक्रमणमा संलग्न ५ बन्दुकधारीहरु पनि सुरक्षा कारबाहीका मारिएका सोमालियाको सुरक्षा अधिकारीले जनाएका छन् । रमाजानको व्रतपछि खाना खान होटलमा जम्मा भएका मानिसमाथि आक्रमण भएको हो । घटनाको जिम्मा अल सवावले लिएको छ ।