November 19, 2017

आजबाट कक्षा ११ को परीक्षा सुरु

काठमाण्डौ, १ असार । आजबाट बिहीबारबाट कक्षा ११ को परीक्षा सुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा असार १० गते सकिनेछ । परीक्षाका लागि देशभरि ९ सय ९३ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा नियमित तर्फ ३ लाख ४८ हजार ६० र आंशिक तर्फ १ लाख ९९४ गरी देशभरबाट कुल ४ लाख ४९ हजार ५४ जना विद्यार्थी सहभागी भएका छन् । जसमध्ये छात्रको संख्या २ लाख ११ हजार ८२२ र छात्राको संख्या २ लाख ३७ हजार १ सय ७२ रहेको छ ।

सबै भन्दा धेरै परीक्षार्थी काठमाण्डौमा ६४ हजार ५ सय ६४ र सबै भन्दा कम मुस्ताङ्मा ९३ जना छन् । काठमाण्डौमा १ सय ११ र मनाङ् र मुस्ताङ्मा १–१ केन्द्र निर्धारण गरिएको छ । हरेक परीक्षा केन्द्रमा १–१ जना केन्द्राध्यक्ष, १ हजार ९६० जना सहायक केन्द्राध्यक्ष, २२ हजार ९ सय १३ जना निरीक्षक, १ हजार ५७४ जना कर्मचारी, २ हजार १७५ कार्यालय सहयोगी र ११ हजार ९१६ जना सुरक्षाकर्मी गरी कुल ४१ हजार ५३२ जना परिचालन गरिएको बोर्डले जनाएको छ ।