August 19, 2017

बाँके जिल्लामा एमालेले लगायो उम्मेद्वारको टुङ्गो

कमला हमाल/नेपालगञ्ज १० बैशाख । नेकपा एमालेले नेपालगन्ज उपमहानगरपालिका बाहेक बाँकेका सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका पछिकाे ठूलो नगर कोहलपुर नगरपालिकामा पूर्वगाविस अध्यक्ष लुटबहादुर रावतलाई नेकपा एमालेले मेयरको उम्मेदवारका रुपमा प्रस्तुत गरेकाे छ। काेहलपुरको उपमेयरका उम्मामेदवारमा पूर्वमुक्तकमैया कृष्णाकुमारी चौधरी उम्मेदवार भएकी छन । वैजनाथ गाउँपालिकाकाे प्रमुखमा मानबहादुर रुचाल र उपप्रमुखमा शारदा बिक, खजुरा गाउँपालिका प्रमुखमा किस्मत कक्षपती र उपप्रमुखमा द्वन्द्वपीडित महिला एकमाया बिक उम्मेदवार भएका छन ।

डुडुवा गाउँपालिकामा पत्रकार सकिल अहमद खाँ प्रमुख र कृष्णावती पाण्डे उपप्रमुख, राप्ती सोनारी गाउँपालिकामा तुल्सीराम थारु प्रमुख र चमेली बागबल उपप्रमुख, जानकी गाउँपालिकामा रामनिवास यादव प्रमुख र भूमिसरा धिताल उपप्रमुख तथा नरैनापुर गाउँपालिकामा विक्रम यादव प्रमुख र सुनितादेवी यादव उपप्रमुखको उम्मेदवार चयन भएका छन् ।नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयरको निर्णय भने स्थायी कमिटीले गर्ने बताइएको छ।