September 25, 2017

गृहकार्य नसकिएको भन्दै झुण्डिएपछि

काठमाण्डौ, १ असार । भारतकाे राँचीमा ८ कक्षाका विद्यार्थीले बिदामा दिइएको गृहकार्य नसकेपछि झुण्डिएर आत्महत्या गरेका छन् ।

गर्मी बिदामा सक्नुपर्ने गृहकार्य नसकेको निहुँमा उक्त विद्यार्थीले आफ्नै विद्यालयको टाईको सहायताद्वारा सिलिङमा रहेको फ्यानमा झुण्डिएका हुन् । १४ वर्षीय बालकको यो हर्कतले शैक्षिक क्षेत्रमा चहल्का मच्चाएको छ ।

छोरा सुतेकाे छ कि छैन भनेर हेर्न जाँदा करिब बिहान साढे २ बजेतिर उसलाई झुण्डिएको अवस्थामा फेला पारिएको मृतककी आमाले बताइन् ।