सप्तरीमा करेन्ट लागेर वालिकाको मृत्यु

दिनेश शर्मा/ राजविराज, १० वैशाख । सप्तरीमा आईतवार विहानै करेण्ट लागेर एक वालिकाको मृत्यु भएको छ । शम्भुनाथ नगरपलिका–८ निवासी सुनिलकुमार दासकी नौ वर्षीया छोरी विभाहकुमारी दासको मृत्यु भएको हो ।
पानी तान्ने मोटरमा जडान गरिएको नाङ्गो तारवाट करेण्ट लागेर वालिकाको मृत्यु भएको रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । नुहाउने क्रममा रहेकी उनलाई नाङ्गो तारवाट करेण्ट  लागेकाे बताइएको छ।
करेन्ट लागेर सिकिस्त भएकी उनलाई उपचारार्थ राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा वालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसअघि पनि सप्तरीमा दुई जनाको करेण्ट लागेर मृत्यु भईसकेको छ ।
गत वैशाख ६ गते सप्तरीको बनौली–३ बस्ने ६५ बर्षिय सुजिलाल साह र चैत्र ३० गते रायपुर ३ की २२ बर्षिया शशिकलादेवी मण्डलको करेण्ट लागेर मृत्य भएको थियो ।