भर्जिनियामा बेसबल खेल हेर्न गएका सांसदको समूहमाथि आक्रमण

काठमाण्डौ, ३१ जेठ । अमेरिकाको भर्जिनियाको एक बेसबल मैदान यूजिन सिम्सन स्टेडियम पार्कमा खेल हेर्न गएको अमेरिकी सांसदको समूहमाथि आक्रमण भएको छ ।

खेल हेर्न गएका सांसदको टोलीमाथि एक बन्दुकधारीले गोली चलाउँंदा १ सांसदसहित उनका सहयोगीहरु घाइते भएका हुन् । उक्त हमलामा रिपब्लिकन सांसद मेजोरिटी ह्विप स्टिभ स्कालिस र उनका केही सहयोगीलाई गोली लागेको छ ।

त्यस घटनापछि खेल मैदानमा भागदौड मच्चिँदा २ प्रहरीलाई गोली लागेको थियो । बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।