Breaking News

इंग्ल्यान्डद्वारा पाकिस्तान सामु २ सय १२ रनको लक्ष्य प्रस्तुत

काठमाण्डौ, ३१ जेठ । च्याम्पियन्स ट्रफी अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा पाकिस्तानले २ सय १२ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्ड ४९.५ ओभरमा अलआउट हुँदै २ सय ११ रनमा खुम्चियो । इंग्ल्यान्डका लागि जोय रुटले सर्वाधिक ४६ रनको पारी खेल्दा जोनी बेयस्ट्राेले ४३, बेन स्टोक्सले ३४ र कप्तान इयोन मोर्गनले ३३ रनको पारी खेले ।

यता पाकिस्तानका लागि हसन अलीले उत्कृष्ट बलिङ गरे । उनले १० ओभरको स्पेलमा ३५ रन खर्चिदै ३ विकेट लिए । त्यस्तै जुनायड खान र रुमान रयिजले समान २–२ विकेट लिँदा सदाब खानले १ विकेट लिए ।

च्याम्पियन्स ट्रफी अन्तर्गत दोस्रो सेमिफाइनलमा भाेलि भारत र बंगलादेशबीच खेल हुँदैछ ।

shares