लण्डनमा भीषण आगलागीमा परी मृत्यु हुनेकाे संख्या ६ पुग्याे, ५० बढि घाइते

काठमाण्डौ, ३१ जेठ । पश्चिमी लण्डनमा अवस्थित २४ तले एक आवासीय अपार्टमेन्टमा भीषण आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढि घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उक्त २४ तले भवन पूर्णरुपमा सल्किएको र भवन ध्वस्त हुनसक्ने आशंका पनि गरिएको छ । बुधबार बिहानीपख उक्त भवनमा आगो सल्किएको र मर्ने र घाइते हुनेको संख्या यकिन हुन नसकेको प्रहरीले बताएको छ ।

भवनभित्र करिब २ सय जना मानिसको बसोबास रहेको बताइएको छ । आगो लाग्नुको कारण के हो भन्ने बारेमा पनि व्यापक खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यद्दपि प्राविधिक कारणवश आगोलागी भएको जनाइएको छ ।