Breaking News

कर्णालीमा बस खस्दा १० काे मृत्यु, १८ घाइते

काठमाण्डौ, ३१ जेठ । कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको यात्रु बस दैलेखकाे राकम कर्णालीमा खस्दा १० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा ७ जना पुरुष, २ महिला र १ बालक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दियो । प्रहरीका अनुसार उक्त दुर्घटना करिब साढे ३ बजेतिर भएको हो । साथै नदीमा बस खस्दा १८ जना घाइते भएका छन् ।

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको राकम कर्णालीमा बस दुर्घटना भएको हो । घटना बारे थप विवरण आउन बाँकी छ ।

 

shares