Breaking News

सत्तारुढ दल अाज पनि राजपालाई मनाउने कसरत गर्दै

काठमाण्डौ, ३१ जेठ । सत्तारुढ दलहरुले आन्दोलनरत राष्ट्रिय जनता पार्टीका नेताहरुलाई आज पनि वार्ताका लागि बोलाएका छन् ।

प्रमुख तीन दलबीचको छलफलपछि राजपा नेताहरुलाई आज अपरान्ह प्रधानमन्त्री कार्यालय सिंहदरबारमा वार्ताका लागि बोलाइएको हो । राजपाले चुनावमा जाने लिखित सहमति जनाए प्रदेश नम्बर २ र ५ को निर्वाचन सार्ने विषयमा लचिलो हुने संकेत दिएका छन ।

राजपाले भने आन्दोलन छोडेर वार्ताका जालझेलमा नफस्ने जवाफ दिएको छ ।

shares