Breaking News

उम्मेदवारको टुंगो लगाउने विषयमा कांग्रेस आन्तरिक गृहकार्यमा जुट्दै

काठमाण्डौ, ३१ जेठ । दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाउने विषयमा काग्रेसले आन्तरिक गृहकार्यलाई तीव्रता दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको कांंग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा जिल्लाका उम्मेदवारको नामका विषयमा छलफल भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । उनले आज बेलुका वा भोलिसम्म टुङ्गोमा पुग्ने गरी छलफल गरिरहेको बताए ।

उम्मेदवारका विषयमा मोरङ, दाङ, सोलुखुम्बु लगायतका केही जिल्लामा नेताहरुबीच विवाद हुँदै आएको छ ।

shares