August 21, 2017

मधेसी मोर्चा र सरकारबीच स्थानिय निकायको चुनाव दुई चरणमा गर्ने सहमति

काठमाडौं ९ बैशाख । सरकार र मधेसी मधेसी मोर्चाबीच स्थानिय निर्वाचन दुई चरणमा गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मधेसी माेर्चा र सरकारबीच अाज दिनभरी भएको छलफलपछि  संविधान संशोधन विधेयकमा परिर्माजन  गर्ने सहमति जुटेकाे छ । दुई पक्षबीच भएको सहमति लिखित भने गरिएको छैन ।

पहिलो चरणको चुनाव बैशाख ३१ मै हुनेछ भने दोस्रो चरणको चुनाव जेठ अन्तिम साता हुनेछ । निर्वाचन आयोगसँग छलफल गरेर दोश्रो चरणको चुनावकाे मिति तय गर्ने सहमति छ ।