November 18, 2017

राजपाको आन्दोलनको उद्देश्य नै नभएको एमाले नेता महासेठको आरोप

काठमाण्डौ, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले राजपा नेपालले घोषणा गरेको आन्दोलनको उद्देश्य नै अहिलेसम्म प्रष्ट नभएको आरोप लगाएका छन् ।

बुधबार काठमाण्डौमा आयोजित साक्षात्कारमा उनले राजपा वा तत्कालिन मधेशी मोर्चाको भनाई र गराईमा विश्वसनीयता नै नभएको आरोप लगाए । राजपा नेपालले संविधान संशोधन भएपछि पनि आन्दोलन गर्दैन भन्ने केही सत्यता नरअ‍ेको पनि प्रष्ट पारे । नेता महासेठले राजपाले चुनावको विरोधमा आन्दोलन घोषणा गर्नुको दुई वटा कारण रहेको समेत बताए ।

संघीय समाजवादी फोरम, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गरे । उनले प्राप्त उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धिको लागि चुनावलाई पनि आन्दोलनकै रुपमा उपयोग गर्ने भएकोले आफ्नो पार्टीले पहिलो चरणको निर्वाचनमा पनि भाग लिएको र अब हुने दोस्रो चरणको निर्वाचनमा पनि व्यापक उत्सुकताका साथ सहभागी जनाउने स्पष्ट पारे ।

राष्ट्रिय जनता पार्टीका शीर्ष नेता वृषेशचन्द्र लालले संविधान संशोधन पारित नभएसम्म राजपा नेपालले कुनै पनि निर्वाचनमा भाग नलिने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता पशुपतिशमशेर जबराले संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टीले एकमतले भोट हाल्ने स्पष्ट पारे ।