September 26, 2017

मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा माटाेकाे ढिस्को खस्दा ३ को मुत्यु

काठमाण्डौ, ३१ जेठ । मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा माटाेकाे ढिस्कोमा पुरिएर सितापाइलामा तीनजना  मजदुरको  मृत्यु भएकाे छ ।

अाज बिहान  मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा माथिबाट खसेकाे माटाे ढिस्काेले  पुरिएर मृत्यु हुनेमा पर्वतका शेरबहादुर केसी,  सप्तरीका श्यामसुन्दर राम र सप्तरीकै सन्तोष दास रहेकाे महानगरीय प्रहरी वृत स्वयम्भुका डिएसपी कोमल शाहले जानकारी दिए  ।

उनिहरूकाे शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।