फाइनल प्रवेशका लागि आयोजक इंग्ल्यान्ड र पाकिस्तान भिड्दै

काठमाण्डौ, ३१ जेठ । आईसीसी च्याम्पियन्स ट्रफी २०१७ अन्तर्गत आज फाइनल प्रवेशका लागि आयोजक इंग्ल्यान्ड र पाकिस्तान भिड्दै छन् ।

कार्डिफको सोफिया गार्डेन्समा नेपाली समयानुसार सवा ३ देखि सुरु हुने पहिलो सेमिफाइनल खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । फर्ममा नरहेका ज्यासन रोयको स्थानमा इंग्ल्यान्डले जोनी बेर्स्ट्राेलाई मैदानमा उतार्दा र पाकिस्तानले पनि २ खेलाडीमा परिवर्तन गरेको छ ।

इंग्ल्यान्ड खेल जित्दै घरेलु मैदानको फाइदा उठाउन चाहन्छ भने पाकिस्तान इंग्ल्यान्डलाई हराउँदै फाइनलमा जान चाहन्छ । दोस्रो सेमिफाइनल खेलमा भोली भारत र बंगलादेशबीच खेल हुनेछ ।