Breaking News

वर्तमान सरकार भारतको इशारामा चलेको बिजुक्छेंको आरोप

भक्तपुर, ३१ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले वर्तमान कांग्रेस नेतृत्वको सरकार भारतको इशारामा चलेको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता बिजुक्छेंले सरकार दिल्लीकै इशारा अनुसार चलेको दाबी गर्दै प्रधानमन्त्री देउवाले दोस्रो चरणमा केही प्रदेशको निर्वाचन सार्ने प्रस्ताव अघि सारेको बताए ।

निर्वाचन घोषणा गरिसकेपछि सरकारले यसका लागि सबै अधिकार निर्वाचन आयोगलाई नै दिनुपर्ने भन्दै बिजुक्छेंले सरकारले आयोगको अधिकारमाथि समेत हस्तक्षेप गर्दै निर्वाचन सार्ने खेल खेलिरहेको उनको जोड छ । सरकार जनताको समस्याप्रति अलिकति पनि गम्भीर हुन नसकेको आरोप लगाउँदै सरकारले राजपालाई संविधान संशोधनको बहानामा झुक्काइरहेको खुलासा गरे ।

सरकारले स्थानीय तहका नाममा मनपरी रुपमा बजेट विनियोजन गरेर सरकारी सम्पति अनियमिता गरिरहेको बताउँदै बिजुक्छेंले भने, ‘अधिकृत बाहेकका अन्य कर्मचारी र पदाधिकारीका लागि स्थानीय तहको आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गर्नुपर्छ ।’

shares