१३ अाैँ  विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डाै, ३१ जेठ ।  १३ अाैँ  विश्व रक्तदाता दिवस ‘अहिले गरौँ, समय समयमा गरौँ ‘ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ पारेर सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन सुरु गरिएको हो ।  मानिस जीवित रहनका लागि रगत नभइ नहुने पदार्थका रुपमा रहेको हुन्छ । सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा  शारीरमा कुनै हानी नहुने चिकित्सकहरुको भनाई छ ।

सामान्यतया १८ देखि ६५ बर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयुक्त हुने चिकित्सकहरुको ठहर छ । रक्तदानबाट एकजनाले दिएको रगतबाट तीन पदार्थ बनाइ तीन जनाको ज्यान बचाउन सकिने भएकोले रक्तदानलाई ‘जीवन दान’  समेत भन्ने गरिन्छ ।