November 18, 2017

राजपाकाे अान्दोलनले कपिलवस्तु पनि ठप्प

खग प्रसाद चापागाई /कपिलवस्तु, ३१ जेठ । मधेस, लिम्बुवान र थरुहटमा चारे दिने आम हडताल आयोजना गरेका राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताले आन्दोलनको दोस्रो दिन राष्ट्रिय झण्डा सहित प्रदर्शन गरेका छन ।

संविधान संसोधन गरि मधेसका मुद्दा सम्बोधन गर्नु पर्ने माग राख्दै आफना माग सम्बोधन नगरी सरकारले निर्वाचन गर्न थालेकाे बिरोधमा  राजपा आन्दोलनमा उत्रिएको हो ।

जिल्ला सदरमुकाम तौलिहवा सहित कृष्णनगर, चन्द्रौटा, बहादुरगंज, महाराजगंज, पकडी, लबनी लगायतका स्थानमा बिरोधका कार्यक्रम गरेका छन । राष्ट्रिय झण्डा एमाले सहितका ठुला दलको मात्र पेवा नभएकाले आफुहरुले पार्टिको झण्डा सगै राष्ट्रिय झण्डा सहित आन्दोलनमा उत्रिएको राजपा कपिलवस्तुका संयोजक कैलाश अग्रहरीले बताए ।

मधेसी जनता जतीको राष्ट्रियता कसैमा नभएको दाबी गर्दै आफुहरुको मागलाई बेवास्ता गरि हुने निर्वाचनको कडा प्रतिवाद गरिने अग्रहरीले बताए ।

बन्दका कारण राजमार्गको जितपुर बुटवल सडकखण्ड बाहेक जिल्लाका अन्य क्षेत्रमा लामो तथा छोटा दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् भने बजार, कलकारखाना, शिक्षण संस्था समेत ठप्प छन् ।

आन्दोलित राजपा कार्यकर्ताले बन्द उल्लघन गरेको भन्दै तौलिहवाको नयाँटोलमा लु १८ प ९४८१ नम्बरको मोटरसाईकल तोडफोड गरेका छन । राजपा कार्यकर्ता बिभिन्न स्थानमा सवारी साधनलाई अवरोध गरि बन्द सफल बनाउन लागी परेका छन ।

उता स्थानिय प्रशासनले बन्दमा कुनै अप्रिय घटना हुन नदिनका लागी सदरमुकाम तौलिहवा सहितका स्थानमा व्यापक मात्रामा सुरक्षाकर्मी खटाएको छ भने सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरि गस्ती र पेट्रोलिङ्ग समेत बढाईएको छ ।