September 23, 2017

राजपाको बन्दले दोस्रो दिन वीरगंजको जनजिवन प्रभावित

वीरगंज ३१ जेठ ।  चार दिने आम हडतालको आह्वान गरेको दोस्रो दिन आज राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले बिहानै देखी वीरगंजको विभिन्न ठाउ तथा चौकहरुमा टायर बालेर बिरोध प्रर्दशन गरेका छन ।

राजपाका कार्यकर्ताहरुले संघिय समाजवादी फोरम नेपालका वीरगंज महानगरपालिका मेयर पदका उम्मेदवार बिजय सरावगीको घर अगाडी टायर बालेर बिरोध प्रर्दशन गरेका छन ।

संविधान संसोधन बिना फोरम नेपाल चुनावमा सहभागी भएको बिरोधमा राजपाले सरावगीको घर अगाडी प्रर्दशन गरेको राजपाका नगर संयोजक रञ्जन मिश्राले जानकारी दिए ।

घोषित आन्दोलनको दोस्रो दिन आज वीरगंजको माईस्थान, बसर्पाक, नगवा, गण्डक, पावर हाउस, मुर्ली चौक, घण्टाघर लगायतका स्थानमा राजपाका कार्यकर्ताहरुले टायर बालेर प्रर्दशन गरिरेहेका छन । बन्द गराउदै हिडेका राजपाका कार्यकर्ता र प्रहरीबीच  घण्टाघरमा सामान्य झडप समेत भएको छ ।

राजपाको बन्दका कारण शैक्षिक संस्था, वित्तिय संस्था, बारा,पर्सा औद्योगिक करिडोर, लामो तथा छोटोदुरीका सवारी साधनहरु समेत ठप्प भएका छन ।

यसै गरी पर्साको ग्रामिण भेगमा निर्वाचन बहिष्कार गर्दै राजपाका कार्यकर्ताहरुले प्रर्दशन गरेका छन, पोखरिया नगरपालिका, भेडियाही, झौवागुठी, डाईपोर्ट अलौ, प्रसौनी, धोरे, पकहामैनपुर, भिस्वा, भौराटार, जानकीटोला, लंगडी लगायतका गाउमा समेत टायर बालेर प्रर्दशन भईरहेको छ ।