Breaking News

संसद् सचिवालयमा बेथिति : राज्यलाई अनावश्यक करोडौं भार

काठमाण्डौ, ३१ जेठ । व्यवस्थापिका संसद् सचिवालयले आफूसँग भएका सद्दे सवारी साधन बिग्रिएको देखाएर १८ वटा नयाँ गाडी किनेको छ ।

यसबाट राज्यलाई करोडौं रुपैयाँको अनावश्यक भार परेको छ । सचिवालय परिसरमा सयभन्दा बढी सवारी साधन त्यत्तिकै थन्काएर राखिएको देखिन्छ । ती गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ किन्नकै लागि ‘बिग्रिएका’ भन्दै प्रयोग नगरेको हो ।

लामो समयसम्म प्रयोग नगरी थन्काएर राख्दा केही गाडी मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् । आफूसँग भएका गाडी प्रयोगमा ल्याउन छाडेर सचिवालयले १८ वटा नयाँ गाडी खरिद गरेको हो ।

खरिद गरिएका १८ गाडीमध्ये १२ स्कार्पियो जिप शनिबार र तीनवटा ह्याच ब्याक कार सोमबार ल्याइएको छ । बाँकी तीनवटा कार पनि मंगलबार ल्याइयो । सचिवालयले ४९/४९ लाख रुपैयाँका दरले १२ वटा स्कार्पियो, १७/१७ लाख रुपैयाँमा ६ वटा कार किनेको हो । याे खबर नागरिक दैनिकमा छ ।

shares