October 20, 2017

मधेसी मोर्चा चुनावमा अाउने भए मिति सार्न सरकार तयार : उपप्रधानमन्त्री कमल थापा

भारती राई / झापा ९ बैशाख । राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले मोर्चाले लचकता प्रकट गरी निर्वाचनमा आए केही समय स्थानीय तहको निर्वाचनको मिति सार्न सकिने बताएका  छन ।
झापाको दमकमा अायोजित चुनावी सभालाई सम्बोधन गर्दैै अध्यक्ष थापाले मोर्चाकाे सहभागिता विनाको स्थानीय तहको निर्वाचन प्राविधिक मात्र हुने भएकोले सरकारले केही समय निर्वाचनको मिति सारेर भए पनि एउटै समयमा देशभर चुनाव गर्ने सोचाइ बनाएको बताए  ।
अध्यक्ष थापाले स्थानीय तहको निर्वाचन गर्न संविधान संसोधन गरेर अगाडि बढ्न एमालेलाई आग्रह समेत  गरे।

संसद अवरोध गर्ने हठवादी सोच एमालेको प्रजातान्त्रिक नभएको उनको भनाई थियो । चुनावी आमसभामा झापाको दमक नगरपालिकामा राम थापा, विर्तामोड नगरपालिकामा भक्ति सिटौला, र भद्रपुर नगरपालिकामा राजु पनेरुकाे नाम  मेयरकाे उम्मेद्वारकारुपमा घोषणा गरिएको थियो ।