November 19, 2017

तीन अर्ब ६७ करोडमा बन्ने भयो धरहरा

काठमाण्डौ, ३१जेठ । काठमाण्डौको सुन्धारामा तीन अर्ब ६७ करोड १९ लाख रुपैयाँकाे लागतमा धरहरा निर्माण हुने भएकाे छ ।
पुरातत्व विभागले बजेटसहित नयाँ धरहराको डिजाइन तयार पारेको हो । यसको निर्माण गर्न नेपाल टेलिकमले रुचि देखाएको छ ।

करिब ४० रोपनी क्षेत्रफलमा बन्ने यो धरहराका लागि तीन अर्ब ६७ करोड १९ लाख १२ हजार रुपैयाँ अनुमानित बजेटसहितको डिजाइन टेलिकमलाई हस्तान्तरण गरिएको छ । याे खबर अन्नपूर्ण पोस्टमा छ ।