सरकार अझै राजपालाई मनाउने तयारीमा

काठमाण्डौ, ३० जेठ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलले असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपालसँग बुधवार वार्ता गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सभामुख ओनसरी घर्तीको कार्यकक्ष सिंहदरवारमा मंगलबार बसेको सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलको बैठकले यस्तो निर्णय गरेको हो । राजपाका प्राविधिक माग भए सम्बोधन गर्ने अन्यथा असार १४ गतेका लागि तय भएको स्थानीय तहको दोस्रो चरणको चुनाव कुनै पनि हालतमा नसार्ने निष्कर्षमा चार दलमा पुगेका छन् । त्यस्तै राजपा निर्वाचनमा आउने लिखित सहमति भए अन्य विकल्पमा पनि सोच्न सकिने नेताहरुले जनाएका छन् ।

राजपास“ँग बुधबार वार्ता गर्ने र निर्वाचनमा आउने लिखित सहमति भए अन्य विकल्पका बिषयमा पनि छलफल गर्ने विषयमा समेत कुराकानी नेताहरूले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति सुरक्षा मजबुत भएको गृह मन्त्रालयको व्रिफिङ सुनाएको नेताहरुले जानकारी दिएका छन् ।