बंगलादेशमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ६० पुग्यो

काठमाण्डौ, ३० जेठ । बंगलादेशको दक्षिणपूर्वी क्षेत्रमा भारी वर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।

मृत्यु हनेमा ५ सैनिक पनि छन् । बंगलादेशमा सोमबारदेखि मुसलधारे वर्षा भइरहेको छ । बाढी र पहिरोबाट चटगाउँ, बन्दारबन, रन्गामती लगायतका क्षेत्र बढी प्रभावित भएका छन् । बाढी र पहिरोबाट कयौं व्यक्ति घरबारविहीन भएका छन् । टेलिफोन, यातायात र विद्युत सेवा अवरुद्ध भएको छ । केही जोखिमयुक्त पहाडी क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । प्रभावित क्षेत्रमा आपत्कालीन उद्धारकर्ताहरुलाई परिचालन गरिएको छ ।

तर, दुर्गम क्षेत्रमा सञ्चार र यातायात सम्बन्ध नभएकाले विवरण संकलनमा समस्या परेको छ । सन् २०१२ मा पनि बंगलादेशको दक्षिणपूर्वी क्षेत्रमा बाढी र पहिरोका कारण ५३ जनाको मृत्यु भएको थियो ।