Breaking News

रोनाल्डो पनि करछली मुद्दामा मुछिए

काठमाण्डौ, ३० जेठ । स्पेनी क्लब रियल मड्रिडका चर्चित फुटबलर रोनाल्डोमाथि पनि करौंडो यूरो बराबरको कर छली गरेको मुद्दा दायर गरिएको छ ।

यसअघि लियोनल मेसीमाथि पनि कर छलेको आरोपमा मुद्दा दायर गरिएको थियो तर उनले जेलको हावा भने खान परेन । यसपटक भने स्पेनको मड्रिड सहरमा रहेको प्रोसिक्युटरको कार्यालयले मुद्दा दर्ता गरेको हो । रोनाल्डोमाथि झण्डै डेढ करोड कर छली गरेको दाबी गरिएको छ । सन् २०११–२०१४ सम्ममा उनले १ करोड ४७ करोड बराबरको कर छलेको बताइएको छ ।

‘फोर्ब्स’ पत्रिकाले सार्वजनिक गरेको सर्वाधिक धनी खेलाडीको सूचीमा परेका रोनाल्डोले भने आफूले कुनै गलत काम नगरेको बताउँदै आएको छ । गतवर्ष रोनाल्डोले झण्डै साढे ९ करोड कमाई गरेका थिए ।

 

 

shares