September 25, 2017

चालकलाई हृदयघात हुँदैछ भनेर कारले भविष्यवाणी गर्नेछ

काठमाण्डौ, ३० जेठ । अमेरिकी वैज्ञानिकहरुले यस्तो नयाँ प्रविधिको विकास गर्दैछन्, जसले कारचालकलाई हृदयघात हुन लागेको बारे भविष्यवाणी गर्नेछ ।

जापानी अटो कार निर्माता कम्पनी टोयटाको सहकार्यमा यस्तो प्रविधिको विकास गर्न लागिएको हो । उक्त प्रविधिले कारचालकको शारीरिक विज्ञानलाई नियन्त्रण र विश्लेषण गर्नेछ ।

एक अनुसन्धानकर्ताले भने, ‘यो मेडिकल कार्यले सुरक्षित रुपले कार चलाउने चालकको क्षमतामा हस्तक्षेप गर्नेछ ।’