September 20, 2017

राजपाका कार्यकर्ताले उपेन्द्र यादवको पुत्ला जलाए

राम कुशवाहा / वीरगञ्ज ३० जेठ । राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै उपेन्द्र यादवको पुत्ला जलाएका छन् ।

वीरगञ्जको आर्दशनगर चोकमा रहेको फोरम नेपालको नगर कार्य समितिको कार्यालयमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले तोडफोड पनि गरेका छन् । त्यस्तै १५–२० जनाको समूहमा रहेका राजपाका कार्यकर्ताहरुले फोरम नेपालको कार्यालयमा रहेको ब्यानर च्यातेका छन् ।

मधेश र मधेशी जनताको मागलाई बेवास्ता गरेर चुनावमा भाग लिएकाले उनको पुत्ला जलाइएको राष्ट्रिय जन्ता पार्टीकी नेतृ रेखा साहले बताइन् ।