नेपाल र यमनले १–१ अंक बाँडे

काठमाण्डौ, ३० जेठ । एएफसी एसियन कप छनोट अन्गर्गत आज भएको खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

आफ्नै गृहमैदान हलचोक मैदानमा भएको खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको हो । गोल नखाइकन बराबरी खेलेसँगै नेपालले आफ्नो खातामा १ अंक पनि जोडेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोल गर्ने केही राम्रा अवसरहरु खेर फालेका थिए ।

आजको खेलपछि समूह ‘एफ’ मा रहेको नेपाल १ अंकसहित तेस्रो स्थानमा छ । ४ अंकसहित यमन शीर्ष स्थानमा रहँदा फिलिपिन्स ३ अंकसहित दोस्रोमा छ भने अंकविहीन ताजकिस्तान तालिकाको पुछारमा रहेको छ ।

एएफसी एसियन कप अन्तर्गत आगामी खेलमा नेपालले ताजकिस्तानको सामना गर्नेछ ।