September 25, 2017

सामाजिक सुरक्षा विधेयक, २०७२ पारित

काठमाण्डौ, ३० जेठ । संसदीय समितिले सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७२ पारित गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको व्यवस्थापिका संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले उक्त विधेयकमाथि दफवार छलफल गर्दै पारित गर्ने निर्णय गरेको हो । विधेयकमा रहेका कानूनी र प्राविधिक शब्दावली समितिको सचिवालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका कर्मचारी बसेर मिलाइने समितिले जनाएको छ ।

बैठकमा उक्त विधेयक सम्बन्धी मस्यौदा संयोजक भरतबहादुर खड्काले समितिमा पेश गरेका थिए । छलफका क्रममा उक्त विधेकमाथि ३१ संशोधन दर्ता भएका थिए ।