November 17, 2017

चन्द नेतृत्व माअाेवादीकाे बन्दका कारण प्युठानको जनजीवन प्रभावित

काठमाण्डौ, ३० जेठ । नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले गरेको बन्दका कारण प्युठानको जनजीवन पनि प्रभावित भएको छ ।

विभिन्न जिल्लामा कार्यकर्ता पक्राउको विरोधमा चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको हो । बन्दका कारण यातायात, शैक्षिक संस्था, उद्योग धन्दा, कलकारखाना ठप्प छन् । जिल्लामा आवतजावत गर्ने सवरी साधन सञ्चालन हुन सकेका छैनन् ।

प्रदर्शनकारीले सडकमा चलिरहेका सवारी साधनको साँचो समेत नियन्त्रणमा लिएका छन् ।