September 23, 2017

भाषा अायाेगकाे कार्यविधि र काम प्रस्ट नभएकाे कानूनविद्हरुकाे जाेड

काठमाण्डौ, ३० जेठ । कानूनविद्हरुले भाषा आयोगको कार्यविधि र उसले गर्ने काम प्रस्ट नभएको जनाएका छन् ।

भाषा आयोगका सम्बन्धनमा नेपाल कानून समाजले मंगलबार ललितपुरमा गरेको कार्यक्रममा उनीहरुले भाषा आयोग विधेयक प्रस्ट नभएको बताएका हुन् । उनीहरुले भाषा आयोग सम्बन्धमा बनेको विधेयककाबारेमा आ–आफ्नो सुझावसमेत दिएका थिए ।

स्थानीय तह शासन सन्चालन गर्न बनेको लैंगिक समावेशीकरण व्यवस्था सुनिश्चित नभएको भन्दै उनीहरुले त्यसलाई सच्याउनुपर्ने सुझाव दिएका छन् । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भाषासम्बन्धी संवैधानिक प्रावधानका अस्पष्ट भएको बताएका थिए ।

कार्यक्रममा भाषा सम्बन्धमा नेपालको अन्तरिम संविधानले गरेको व्यवस्था र विभिन्न देशका उदाहरणका बारेमा पनि गरिएको थियो ।