November 18, 2017

इराकी सहर मोसुलमा विषाक्त खानाका कारण सयौं बिरामी, २ काे मृत्यु

काठमाण्डौ, ३० जेठ । इराकी सहरमा मोसुलमा विषाक्त खानाका कारण सयभन्दा बढि मानिसहरु बिरामी परेका छन् भने एक बालिका र एक महिलाको मृत्यु भएको छ ।

रमदानको अन्तिम दिन व्रत समाप्तिका क्रममा खाइने इफ्तार लिएपछि मानिसहरुले बान्ता गरेको र उनीहरुको शरीरमा पानीको मात्रा कम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उक्त घटना युद्धले ग्रसित मोसुल सहरको एक शिविरमा भएको हो, जहाँ विस्थापितहरु बस्ने गर्दछन् । शिविरमा कुल ६ हजार २३५ शरणार्थी छन् ।