November 19, 2017

१० वर्षीया छात्रालाई २ सय पटक उठबसको सजाय

काठमाण्डौ, ३० जेठ । गुजरातको एक विद्यालयमा कक्षा ५ मा पढ्ने छात्रालाई अनावश्यक दण्ड दिँदा अस्पताल भर्ना भएकी छिन् ।

१० वर्षीया छात्रा हनी प्रजापतिलाई दुई चुल्ठो कपाल नबाटेको भन्दै २ सय पटक उठबस गर्न लगाइएको थियो । टाउको दुःखेको कारण ती छात्राले दुई चुल्ठो बाट्न सकिनन् र उक्त दण्ड दिइयो ।

ज्यादा उठबसका कारण शारीरिक अस्वस्थका कारण ती छात्रालाई अस्पतालमा भर्ना गरिएको हो ।