राजपा कार्यकर्ताद्वारा नेपालगञ्ज, जनकपुर र दाङमा सवारी साधन तोडफोड

काठमाडौं, ३० जेठ । बन्दको अबेज्ञा गरेको भन्दै राजपाका कार्यकर्ताहरुले विभिन्न सहरहरुमा सवारीसाधन तोडफोड गरेका छन् ।

बन्दकर्ताहरुले नेपालगञ्जमा नेपाली कांग्रेसका मेयरका उम्मेदवार डाक्टर सुरेश कनोडियाकाे गाडीमा तोडफोड गरेकाे छ । गाडी तोडफोडकाे अारोपमा राजपाका नेता ललित राैनियारलाई प्रहरीले पक्राउ गरेकाे छ ।

यसैगरी बन्दकर्ताहरुले जनकपुरमा ४ वटा गाडी तोडफोड गरेका भने दाङमा पनि नेपाली कांग्रेसका स्थानिय नेताकाे गाडी तोडफोड गरेका छन । राजपाले जेठ ३० र ३१  असार १ र २ गते मधेश, थरुहट र लिम्बुवान बन्दको अाव्हान गरेकाे छ ।