Breaking News

यसरी ल्याउन सकिन्छ सकारात्मक परिवर्तन–

काठमाण्डौ, २९ जेठ । जिन्दगीमा हार र जीत भइरहन्छ । मानिस जित्दा खुशी हुन्छ भने हारको सामना गर्दा निराश वा मनमा नकारात्मक विचारहरु आउने गर्दछ ।

तर यो राम्रो कुरा होइन । हारलाई निराशाको रुपमा भन्दा चुनौतीको रुपमा लिनु पर्दछ । यसलाई सकारात्मक ऊर्जाको रुपमा लिनु उपयुक्त हुन्छ । यसरी विकास गर्न सकिन्छ सकारात्कम ऊर्जा–

– आफ्नो रिसलाई कहिल्यै पनि नदबाउनुहोस् । यदि तपाईलाई रुन मन लागेको छ भने दिल खोेलेर रुनुहोस् साथै आफ्ना समस्याहरु नजिकका साथीहरुलाई बाँड्नुहोस् । यसो गर्दा तपाईको मन हलुका हुन्छ र तपाई सकारात्कम सोचतर्फ अग्रसर हुनुहुनेछ ।

– सदैव सकारात्मक सोचको विकासका लागि ध्यान उपयुक्त माध्यक बन्न सक्छ । कुनै पनि परिस्थितिसँग नडराउनुहोस् । यदि नराम्रो घटनासँग तपाई सक्षात्कार हुनु भएको छ भने त्यस्ता घटनालाई मष्तिस्कबाट नै हटाउने प्रयास गर्नुस् ।

– हतारमा कहिल्यै पनि निर्णय नलिनुहोस् र अप्ठ्यारा र चुनौतीमा मनदेखि चाहेको मान्छेको सल्लाह र सुझाव लिनुहोस् । विफल भए भनेर चिन्ता नलिनुहोस् किनकि जति पनि ठूला ठूला स्टाहरु छन्, उनीहरुले पनि धेरै वाधा सामना गरेका छन् । अर्काे माध्यम भनेको सफल मान्छेको जीवनी पढ्न सकिन्छ ।

shares