Breaking News

आईएसविरुद्ध फिलिपिन्स अाफैं लड्न सक्छः राष्ट्रपति डुटर्टे

काठमाण्डौ, २९ जेठ । फिलिपिन्सका राष्ट्रपति राड्रिगो डुटर्टेले फिलिपिन्सको मरावी सहरलाई आईएस आतंकवादीको पञ्जाबाट मुक्त गर्न अमेरिकाले सहानुभूति देखाउन नपर्ने बताएका छन् ।

उक्त सहर फिलिपिन्सको दक्षिण इलाकामा पर्दछ । एकदिन अघि अमेरिकाले उक्त क्षेत्रलाई आईएसको नियन्त्रणबाट छुटाउनको लागि फिलिपिन्सका सेनालाई मद्दत गर्ने बताएको थियो । अमेरिकाको यो भनाई प्रकाशमा आएसँगै फिलिपिन्सका राष्ट्रपति डुटर्टेले सहयोग नचाहिने बताएका हुन् ।

गत मे २३ देखि मरावी सहर आईएस समर्थक आतंकवादीको नियन्त्रणमा रहेको छ ।

shares