August 19, 2017

प्रहरी र मधेसी माेर्चाका कार्यकर्ताबीच सप्तरीमा झडप, ४ जना घाइते, १ को अवस्था गम्भिर

दिनेश शर्मा /राजविराज, ९ वैशाख । निर्वाचनको विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच शनिवार राजविराजमा झडप भएको छ ।

झडपमा प्रहरीको लाठि लागेर मोर्चाका ४ कार्यकर्ता घाईते भएका छन् । घाईते हुनेमा मोर्चा आवद्ध दलका शम्भु यादव, विनोद यादव, आशोलाल यादल र मनोज राउत छन् ।

घाईते सवैको राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारार्थ धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ । घाईते मध्ये शम्भु यादवको अवस्था गम्भिर छ ।


निर्वाचन नजिकिदै गएपछि जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा अगाडि वढाउन शनिवार देखि तालिमको आयोजना गरेको थियो । स्थानीय केशो अनिरुद्ध माविमा आयोजित सोहि तालिम विथोल्न जाँदा मोर्चाका कार्यकर्ता र प्रहरी विच झडप भएको हो ।
मोर्चाका कार्यकर्ताले तालिम हल भित्र पसेर शैक्षिक सामाग्री च्यात्ने र सहभागिहरुको ब्यक्तिगत सामाग्री समेत लुछाचुँडि गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको निर्वाचन कार्यालय प्रमुख महेश ठाकुरले जानकारी दिए ।


सप्तरीका डिएसपी लक्ष्मीराज अधिकारीले भने मोर्चाका कार्यकर्ताले कार्यक्रम विथोल्न थालेपछि सामान्य हस्तक्षेप गरेर केहि कार्यकर्तालाई नियन्त्रणमा लिईएको बताए ।
घटनाको विरोधमा मोर्चाले तत्कालै विरोध र्यालीको आयोजना गरेको छ । प्रहरीले दमन गरेको भन्दै त्यस विषयमा सम्पुर्ण मोर्चा आवद्ध दलको सहमतिमा विरोधका कार्यक्रम गर्ने नेताहरुले जनाएका छन् ।