September 23, 2017

प्रित भरारा भन्छन्– ‘फोन नउठाउँदा ट्रम्पले मलाई हटाए’

काठमाण्डौ, २९ जेठ । अमेरिकाका पूर्व सरकारी वकिल प्रित भराराले डोनाल्ड ट्रम्पको फोन नउठाएकोले आफूलाई निलम्बित गरिएको बताएका छन् ।

एबीसी न्युजसँग कुरा गर्दै भराराले भने, ‘ओबामाले ७ वर्षे कार्यकालमा मलाई एकपटक पनि फोन गरेनन् । किनकि दुई छुट्टै पदमा बसेका व्यक्तिबीच अधिकार क्षेत्रका कारणले दूरी बनाइराख्नुपर्ने हुन्छ ।’

यद्दपि अमेरिकी राष्ट्रपति ट्रम्पले भने यो कुरा निराधार रहेको बताएका छन् ।