Breaking News

पार्टीले भोगेको पराजयको हिसाबकिताब हुनेमा नेता प्रकाशमानको जोड

काठमाण्डौ, २९ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाण्डौ महानगरपालिका सहित विभिन्न स्थानमा पार्टीले भोगेको पराजयको एक एक हिसाब हुने बताएका छन् ।

काठमाण्डौमा आयोजित एक कार्यक्रममा आज नेता सिंहले अन्तर्घात गरी आफ्नै उम्मेदवारलाई हराउन लाग्ने, पार्टी गतिविधिमा सक्रिय नेता कार्यकर्ताको मूल्याङ्कन गरी हिसाब किताब गर्ने बताएका हुन् ।

उनले पार्टीप्रति प्रतिबद्ध नेता कार्यकर्ताको उच्च कदर गर्ने र नकारात्मक भूमिका खेल्नेहरुलाई त्यसै अनुसार व्यवहार गर्ने बताए । काठमाण्डौ महानगरपालिका सहित देशका १० वटा नगरपालिकाहरूमा कांग्रेसका उम्मेदवारहरूले पराजय भोग्नुको कारण अब खोज्नुपर्ने सिंहले बताए ।

shares