September 26, 2017

खिमलाल देवकाेटा भन्छन – ‘सरकार र राजपा दोस्रो चरणको निर्वाचन गर्न चाहादैनन’

काठमाण्डौ, २९ जेठ । नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले सरकार र राजपाले दोस्रो चरणको निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाएका  छन ।

देवकोटाले सरकार दोस्रो चरणको निर्वाचन सार्न लागिपरेको र त्यसलाई थप मलजल गर्दै राजपा समेत लागी परेको भन्दै दुबैकाे उद्देश्य संविधानको स्विकार्यता नबढाउने र कार्यान्वयन नगर्ने  रहेकाे अारोप लगाए ।

उनले प्रधानमन्त्री र सरकार निर्माणको प्रक्रियामा आउने राजपा स्थानिय तहको निर्वाचनमा किन नअाउने प्रश्न गंभीर रहेकाे बताए ।

देवकाेटाले बहुदलीय लोकतन्त्रको अभ्यास भन्दा पनि केही दलहरुको अभ्यास भईरहेको भन्दै १७ सालमा महेन्द्रले दलमाथी प्रतिबन्ध लगाए जस्तै हाल प्रचण्ड सरकारले तीन दलिय सिन्डिकेट लागू गरेको अाराेप लगाए।

प्रमुख दलहरु यसै गरि अगाडी बढ्ने हुन भने लोकतन्त्र सकिने र एक दलिय सिन्डिकेट देखा पर्ने खतरा रहेकाे देवकाेटाकाे भनाई थियो ।   आफूले नजित्ने अवस्था आएपछि भरतपुरमा आफ्नै आधिकारीक नेतृत्वबाट माओवादी केन्द्रले मतपत्र च्यात्न लगाएको भन्दै सत्तामा रहेका पार्टीले शक्ति र अर्थको सक्दो प्रयोग गरेता पनि पहिलो चरणको निर्वाचनमा उनीहरुले सोचे जस्तो नतिजा नआएको देवकाेटाले बताए ।

नयाँ शक्ति पार्टी स्थापना भएकाे एक वर्ष नुपग्दै ७० बर्ष पुराना पार्टीहरुसँगको प्रतिस्पर्धामा उत्रिएको र चौंथो स्थान हासिल गर्न पुगेको भन्दै देवकोटाले चुनाव चिन्ह नपाउँदा र फोरम नेपालसंग कार्यगत एकता गर्नु परेकाे बताए ।