प्रत्येक स्थानीय तहमा बैंक स्थापना गर्न संसदिय समितिको निर्देशन

काठमाण्डौ, २९ जेठ । सोमबार बसेको संसद अन्तर्गतको विकास समितिले आगामी २ महिनाभित्र हरेक स्थानीय तहमा बैंक स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकले स्थानीय तहको कामकारबाहीलाई थप प्रभावकारी बनाउन तथा स्थानीय तहको आर्थिक क्रियाकलापलाई व्यवस्थित, उजागर र थप सक्रिय बनाउन हरेक स्थानीय तहमा कम्तिमा एउटा बैंकको स्थापना हुनु जरुरी रहेको भन्दै सरकारलाई निर्देशन दिएको हो ।

आगामी २ महिनाभित्र बैंक स्थापना गर्न सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको निष्कर्श विकास समितिले निकालेको छ ।