सेमिफाइनल प्रवेशका लागि श्री लंका र पाकिस्तान भिड्दै

काठमाण्डौ, २९ जेठ । आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज सेमिफाइनलमा स्थान बनाउनका लागि श्री लंका र पाकिस्तान भिड्दैछन् ।

कार्डिफको सोफिया गार्डेन्समा भइरहेको खेलमा पाकिस्तानले टस जितेर बलिङ गरिरहेको छ । टस हारेको श्री लंका भने ब्याटिङ गरिरहेको छ । आजको खेल सकिएसँगै सेमिफाइनलमा जाने सबै टिमको टुंगो लाग्ने छ ।

आजको खेलमा दुबै टिम एकअर्कालाई हराउने रणनीतिका साथ मैदानमा उत्रिएका छन् ।