विश्वको सबैभन्दा छिटो आर्थिक वृद्धिदर भइरहेको मुलुक अन्तर्गत नेपाल तेस्रो स्थानमा

काठमाण्डौ, २९ जेठ । सन् २०१७ मा विश्वमा सबैभन्दा छिटो आर्थिक वृद्धिदर भएको मुलुक अन्तर्गत नेपाल तेस्रो स्थानमा परेको विश्व बैंकले बताएकाे छ ।

विश्व बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार इथोपिया र उज्वेकिस्तान पछि नेपाल तेस्रो स्थानमा रहेको छ । इथोपिया ८.३ प्रतिशतका साथ पहिलो स्थानमा, उज्वेकिस्तान ७.६ प्रतिशतका दोस्रो र नेपाल ७.५ प्रतिशतका साथ तेस्रो स्थानमा परेको हो ।

चौंथौ स्थानमा भने नेपालकै छिमेकी राष्ट्र भारत रहेको छ । भारतको आर्थिक वृद्धिदर ७.२ प्रतिशत रहेको छ । त्यसैगरी क्रमशः तान्जानिया, जिबोटी, लाओस, कम्बोडिया, म्यानमार र फिलिपिन्स १० औं स्थानमा अटाएका छन् ।