August 20, 2017

फ्रान्समा राष्ट्रपतीय चुनावका लागि ५ प्रमुख अनुहारहरु

काठमाण्डौ, ९ वैशाख । फ्रान्समा आईतबार २३ अप्रिलमा राष्ट्रपतीय चुनावमा पहिलो चरणको लागि मतदान हुँदैछ । अन्तिम चरणको निर्वाचन भने मे ७ मा हुनेछ ।

यसपटक राष्ट्रपतीय चुनावका लागि ५ प्रमुख अनुहारहरु मैदानमा उत्रदैँछन् । तर कसैलाई पनि पूर्ण बहुमत मिल्ने सम्भावना देखिएको छैन । फ्रान्समा राष्ट्रपतीय चुनावका लागि ५ प्रमुख अनुहारहरु को को हुन् त–

१. म्यारिन ल पेन, नेशनल फ्रन्ट (एफएन)

म्यारिनले सन् २०११ जनवरीमा आफ्नो पिताको स्थानमा नेशनल फ्रन्ट पार्टीको नेतृत्व सम्हालेकी थिइन् । त्यसपछि भएको राष्ट्रपति चुनावमा यिनी तेस्रो नम्बरमा परेकी थिइन् । यो पार्टीले सन् २०१५ को स्थानीय चुनावमा पनि राम्रै मत पाएको थियो ।

२. इमानुयल माक्रोन, इन मार्च (अन द मुभ)

३९ वर्षीय इमानुयललाई फ्रन्सको सबैभन्दा युवा राष्ट्रपति बन्ने मौका छ । एक तथ्याङ्कले के देखाएको छ भने यदि उनले पहिलो चरणमा जिते भने दोस्रो चरणमा म्यारिनलाई जित्न सक्नेछन् । सन् २०१४ मा आर्थिकमन्त्री बन्नु पूर्व उनी राष्ट्रपतिका आर्थिक सल्लाहकार पनि भएका थिए ।

३. प्रान्कोइस फिलोन, द रिपब्लिकन्स

६२ वर्षीय फिलोनले आफ्नो सेन्टर–राइट पार्टीका निकोलस सारकोजी र एलिन जुपेलाई राष्ट्रपतीय पदको उम्मेदवारीमा हराएपछि उनी राष्ट्रपतिका लागि दाबेदार भएका हुन् । सूत्रका अनुसार फिलोन राष्ट्रपतिको पदका लागि अघि रहेका दुई उम्मेदवार भन्दा धेरै पछि नरहेको देखाएको छ ।

४. जिन–लु मेनेन्सन, ला फ्रान्स इन्सोमाइज

सोसलिस्टको समर्थन घटिरहेको बखतमा ६५ वर्षीय मेनेन्सन पनि राष्ट्रपतिय चुनावको दौडमा अघि रहने चारजना मध्येमा पर्दछन् । उनलाई फ्रान्सको कम्युनिष्ट पार्टीको समर्थन रहेको छ ।

५. बेनोइट हमन, सोसियलिस्ट पार्टी

सोसयिलिस्ट पार्टीका वामपन्थी विद्रोहीको रुपमा चिनिएका पूर्व शिक्षामन्त्री एमो पार्टीबाट उम्मेदवार बन्न सफल भएका छन् । ४९ वर्षीय हमन राष्ट्रपतिय चुनावको दौडमा आफ्नो स्थान बनाउन निकै संघर्ष गर्न परेको थियो ।