अखिल नेपाल जनसांस्कृतिक महासङ्घका कलाकार पक्राउ

काठमाण्डाै,२९ जेठ ।  नेकपा विप्लव निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय सामना सांस्कृतिक परिवारका ८ जना कलाकार गिरफ्तारमा परेका छन् ।

उनीहरुलाई आइतबार राती लाजिम्पाटबाट प्रहरीले पक्राउ गरेकाे सामनाले जनाएकाे छ । पक्राउ पर्नेहरूमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय कोषाध्यक्ष आरोह नेपाली, केन्द्रीय सदस्य बुद्ध लामालगायत प्रमोद गिरी, दिवाकर, राहुल, राजन, प्रभात र राम मगर रहेका छन् । प्रहरीले उनीहरुकाे डेरामा खानतलासी लिइसकेपछि पक्राउ गरेका थियो ।