Breaking News

३ बैंक गाभिएर एकिकृत कारोबार सुरु गरे

काठमाण्डौ, २८ जेठ । सेन्चुरी कमर्सियल बैंक, इन्नोभेटिभ डेभलपमेण्ट बैंक र अरनिको डेभलपमेण्ट बैंकले एकिकृत कारोबार सुरु गरेका छन् ।

काठमाडौमा आज कार्यक्रम गरी ३ विकास बैंक गाभिएर एकीकृत कारोबार सुरु गरेको जनाकारी दिइएको हो । सेन्चुरी कर्मसियल बैंक लिमिटेडले ८ अर्ब पूँजी पुर्‍याउने क्रममा ‘ख’ वर्गको इन्नोभेटिभ डेभलपमेण्ट बैंक र अरनिको डेभलपमेण्ट बैंकलाई समाहित गरी आजबाट एकीकृत कारोबार सुरु गरेको हो ।

अब बैंकको चुक्ता पूँंजी ४ अर्ब ७१ करोड निक्षेप ३८ अर्ब ५० करोड, कर्जा ३५ अर्ब तथा ५३ वटा शाखा भएको छ ।

shares