Breaking News

कुुमार सानुले काठमाण्डौमा सांगीतिक कार्यक्रम गर्ने

काठमाण्डौ, २८ जेठ । चर्चित भारतीय गायक कुमार सानुले काठमाण्डौमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् ।

श्वेताश्री फाउण्डेसनको सहयोगार्थ यही असार ३१ गते राजधानीको याक एण्ड यति होटमा गायक कुमार सानुले सांगीतिक कार्यक्रम गर्न लागेका हुन् । ‘कुमार सानु लाइभ इन कन्सर्ट’ नाम दिइएको कार्यक्रममा उनले आफ्ना नयाँ तथा पुराना नेपाली र हिन्दी गीत प्रस्तुत गर्ने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा नेपालका लोकप्रिय गायक गायिकाले पनि सानुलाई साथ दिनेछन् ।

shares